महाकाली तुइन प्रकरण : दार्चुला पुग्यो गृह मन्त्रालयको छानबिन टोली

news
news
August 04, 7:41

धनगढी :महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समिति दार्चुला पुगेको छ। गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति मंगलबार राति दार्चुला पुगेको हो।

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन्।

टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ। दार्चुला पुगेको टोलीले मंगलबार राति के–कसरी जाने भन्ने विषयमा सामान्य छलफल मात्रै गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। ‘आजदेखि टोलीले छानबिन सुरु गर्छ,’ भट्टले  भने। 

साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका प्रहरी नायब उपरिक्षक, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोलीलाई घटनास्थलमा खटाएको थियो।

उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोली र अन्य तीन गाउँलेलाई सदरमुकाम ल्याएको छ। कल्याणले २१ वर्षदेखि त्यहीं तुइन सञ्चालन गर्दै आएका छन्। अनिता र विक्रम जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडाँैं जानका लागि गाउँबाट हिँडेका थिए। प्रत्यक्षदर्शीबाट घटनाबारे बयान लिइने सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्।  दिनेशखबर बाट साभार

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा