दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माण

news
news
August 08, 1:20

दार्चुला २४ साउन/दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी निर्माण कार्य सम्पन्न भएको छ । चीनको ताक्लाकोटसंग जोडिएको तिंकरमा स्थापना गरिएको यो पहिलो बीओपी हो । दार्चुलाको अन्तिम प्र्रहरी चौकी नजिकै निर्माण गरिएको सशस्त्रको यो बीओपी तिब्बत भएर हुने चोरी,तस्करी,शिकार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिबिधिलाई निगरानी तथा नियन्त्रण गर्न निर्माण गरिएको हो । अव केही समय भित्रै यहाँ सशस्त्र प्रहरी तैनाथ हुनेछ ।

चीनको ताक्लोकाट नजिकै रहेको तिंकरको छयालेकमा सशस्त्र प्रहरीले बीओपी निर्माणको ठेक्का पाएको धुलिखेल प्याराडाईज एलवी जेभीले प्रतिकुल मौसम र बिभिन्न कठिनाईका बाबजुद पनि निर्माण कार्य पुरा गरेको हो ।पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाईज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो । ६ महिनाभित्र निर्माण कार्य पुरा गर्ने सम्झौता भएपनि सो अबधिभरी हिउले ढाकिएका कारण निर्माण कार्य अघि बढाउन सकिएको थिएन,स्थिति अझै सहज नभएपनि निर्माणका कार्य पुरा गरेका छौ, धुलिखेल प्याराडाईज एलवी जेभीका सञ्चालक लाल बहादुर बमले भने, सम्झौतामा मान्छेद्धारा निर्माण सामग्री ढुवानीका लागि बजेट राखिएको थियो ।

सडक मार्गसंग नजोडिएको तिंकरमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न संभव भएन । त्यही कारण हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरेर भएपनि जिम्मेवारी पुरा गर्यौ ।धुलिखेल प्याराडाईज एलवी जेभीले निर्माण कार्य पुरा गरेपनि सशस्त्र प्रहरीले उक्त भवनको रकम फ्रिज गरेको छ । जसका कारण धुलिखेल प्याराडाईज एलवी जेभीले रकम पाउन सकेको छैन ।

धुलिखेल प्याराडाईज एलवी जेभीले ८७ लाख रुपैयाको ठेक्कामा प्रिफ्याव दुई वटा भवन, र त्यसभित्र दुई वटा बाथरुम, एउटा किचेन र बाहिर दुई।बाथरुम निर्माण गरेको छ । यद्दपि हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गर्दा निर्माणको लागत ठेक्कामा कबोल गरेको रकमभन्दा बढि हुन पुगेको बमले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा