बझाङमा विद्यालय पहिरोको जोखिममा

news doti
news doti
August 12, 12:49

बझाङः बझाङको केदारस्युँ गाउँपालिका-६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ। अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो। साउन १२ गते मंगलबार राति पानी अविरल परेपछि रोतागणामा रहेको विद्यालयको मूलद्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताए। 

उनले भने, ‘लगातार वर्षा भएपछि भवन भत्कने खतरा छ। भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्। 

वडाध्यक्ष काशीराम धामीले यो वर्ष २० लाख बराबरको ग्याबिन जाली हालेको, तर जाली नै बगाएर सोही गाउँका २० परिवारले लगाएको बालीसमेत पहिरोले बगाएको बताए।

उनले भने, ‘अहिले त विद्यालय बन्द भएकाले केही समस्या छैन। विद्यालय खुलेपछि विद्यार्थीलाई कहाँ पढाउने भन्ने समस्या भएको छ। त्यहाँबाट  खसेपछि सिधै खोलामा पुगिन्छ। अन्य ठाउँमा विद्यालय भवन बनाउन जग्गा खोजिरहेका छौँ। अहिलेसम्म कतै भेटिएको छैन।’  जग्गा पाए चाँडै नै अन्यत्र विद्यालय भवन बनाउने योजना रहेको वडाध्यक्ष धामीले बताए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा