बझाङमा बिना मास्क बजार हिड्नेलाई एक सय जरिवाना

news
news
August 21, 4:20

चैनपुर । कोरोना भाईरसले मुलुक त्रसित भैरहेको बेला मास्क नलागएर बजारमा हिड्ने ब्यक्तिहरुलाई बझाङ प्रहरीले जरिवाना गर्ने गरेको छ् ।
बझाङ्गको सदरमुकाम चैनपरमा मास्क नलागएर बजार आवतजावत गर्ने ब्यक्तिहरुलाई प्रहरीले जरिवाना गर्ने गरेको हो । मास्क नलगाएर हिडेका ब्यक्तिलाई प्रहरीले एक सय रुपैया जरिवाना सहित रसिद काटे पछि सम्झाई बुझाई गर्दै मास्क दिने गरेको डिएसपी रुपक खड्काले बताए । उनले प्रहरी समाजकै लागि काम गरिरहेको हुन्छ तर समाजमा बस्ने ब्यक्तिहरुले पनि हाम्रै लागि हो भनेर बुझ्न सक्नु नै ठुलो कुरा भएको बताए ।

सरकारले चलाएको कोभिड बिरुद्धको “नेपाल मास्क अभियान” लाई निरन्तर संचालन गर्नका लागी बझाङ प्रहरीले स्थानिय प्रशासन ऐन अनुसार मास्क नलगाएर हिड्ने ब्यक्तिहरुलाई जरिवाना गर्ने गरेको छ । जरिवाना गरेको पैसा नेपाल सरकारको राजश्व मा जम्मा गर्ने गरेको छ भने अहिले सम्म मास्क नलगाएर हिड्ने १ सय ९१ जना ब्यक्तिहरुवाट १९,१०० रुपैया संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा