बन्दमा गाडी चलाएको भन्दै मिनी ट्रकमा आगजनी

Banda
Banda
April 18, 2:07

५ विप्लव समूहले आह्वान गरेको बन्दमा गाडी चलाइएको भन्दै अज्ञात समूहले कुखुरा ओसार्ने सवारी साधनमा आगजनी गरी क्षति पु¥याएको छ । बन्दका कारण जिल्लामा यातायात, कलकारखाना, शैक्षिक संस्था सञ्चालन हुन सकेको छैनन् । 

हेटौँडा काठमाडौँ त्रिभुवन राजपथअन्तर्गत थाहा नपा वडा नं ४ दामन नजिक काठमाडौँबाट हेटौँडा आइरहेको ना २ च ९०९४ नंको कुखुरा ओसार्ने सवारी साधनमा आगजनी गरी क्षति पु¥याएको हो ।
यसैगरी हेटौँडाबाट भीमफेदी हँुदै थाहा नगरपालिकातर्फ गइरहेको ना ४ ख ७९६० नंको मिनी ट्रकमा भीमफेदी गाउपालिका–९ गोलमोडमा आगजनी गरी क्षति गरिएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका–८ कमानेमा वडा कार्यालय अगाडि सडकमा राखिएको प्रेसरकुकुर बम तथा हेटौँडा नारायणगढ सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१८ को तिनताप्केमा सडकमा राखिएको प्रेसरकुकुर बमलाई नेपाली सेनाको बम डिष्पोज टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बन्दका कारण जिल्लामा यातायात, कलकारखाना, शैक्षिक संस्था सञ्चालन हुन सकेको छैनन् । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा