डेउडा प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न 

Deuda
Deuda
August 29, 12:14

धनगढी – 

कैलालीको धनगढीमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वरिष्ठ लोक गायक प्राज्ञ नरेन्द्रराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो । 

Deuda

काली–कर्णालीको पहिचानको रूपमा रहेको डेउडा संस्कृतिलाई प्राथमिकतामा राखेर भाषा कला, संस्कृति , भेसभुसा रहनसहनको संरक्षण ,संवर्द्धन एवं प्रचारप्रसार गर्ने उद्देश्यका साथ वरिष्ठ लोक गायक रेग्मीको अध्यक्षतामा डेउडा प्रतिष्ठान  गठन भएको थियो । प्रतिष्ठानको उपाध्यक्षमा सुरत रावत (डोटेली कान्छा), सचिवमा भवानी रेग्मी , सह–सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा प्रेम विवश चन्द र सदस्यहरूमा दलबहादुर बोगटी, ध्वज बहादुर महरा, वीरेन्द्र खडका , माया पाण्डेय छन् ।

Deuda

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको चिनारीका रूपमा रहेको डेउडालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनुका साथै यस क्षेत्रको भाषा, कला, संस्कृति रहनसहन, भेसभुसा  तथा रीतिरिवाजको संरक्षण, संवर्द्धन एवं प्रचारप्रसारका साथै लोक सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने  मुख्य उद्देश्य बोकेर डेउडा प्रतिष्ठान स्थापना भएको हो ।

DeudaDeudaDeudaDeuda

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा