पुनर्वासको द प्यारा क्याफेमा आगलागी

September 02, 6:04
पुनर्वास – कञ्चनपुरको पुनर्वास–८, क– गाउँ स्थित द प्यारा क्याफेमा आगलागी भएको छ ।
बुधबार राती आगलागी हुँदा क्याफे पूर्ण रुपमा जलेर नष्ट हुँदा अनुमानित दश लाख बराबरको क्षति भएको क्याफे सञ्चालक केशव अवस्थीले जानकारी दिए ।
“क्याफेमा आगलागीपछि बिहीबार बिहान मात्रै आफुलाई थाहा भएको ” क्याफे सञ्चालक अवस्थीले भने “आगलागी के–कसरी लाग्यो भन्ने विषय नखुले पनि बिद्युत सर्ट भएको अनुमान भने गरिएको छ ।”

आगलागीबाट क्याफेको भवनमा पनि क्षति पुगेको छ भने क्याफेको काउन्टर, टेबल, कुर्सी, नगद लगायतका अन्य मालसामान जलेर खरानी भएको थियो । आगलागीको खबर पश्चात ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
सो क्याफे करिब ३ वर्षदेखि सोहि स्थानमा सञ्चालन भईरहेको क्याफेका घरधनी घनश्याम सुवेदीले बताए ।
April 17, 12:24
March 18, 4:54
March 05, 5:55
April 17, 12:24
March 18, 4:54
March 05, 5:55
April 04, 1:15
April 09, 11:53
April 13, 8:04
April 23, 3:15
April 29, 4:29

सम्बन्धित वर्गका समाचारहरू
February 25, 12:49
धनगढी - आगलागीमा परेर गम्भीर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ कोसेडीका दुई… विस्तृतमा
January 04, 11:19
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस भित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन… विस्तृतमा