अछाममा विद्यालय भवनमा आगलागी

11
11
August 13, 7:11

साउन २८ - अछाममा एक विद्यालयमा आगलागी भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालयको एक भवनमा आगलागी भएको हो ।

निमार्णाधिन नेपाल टेलीकमको टावरका सोलार ब्याट्री र अन्य सामाग्रीहरु राखिएको उक्त कोठामा एक्कासी ब्याट्री पड्किदा आगलागी भएको अछाम प्रहरीले जनाएको छ । आगलागीले विद्यायलयका कागजातहरु जलेर नष्ट भएका छन् । 

प्रहरी चौकी जयगढबाट प्रहरी सहायक निरीक्षक रामसिंह कार्कीको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा