बाख्रा पालनको कमाईबाट सडक ग्राभेल

sadak
sadak
August 08, 2:45

धनगढी, साउन २३ - धनगढी उप–महानगरपालिका वडा नं ११ का एक किसानले बाख्रा पालनबाट कमाएको कमाईले सडक ग्राभेल गरेका छन् ।
स्थानीय हेमबहादुर बिष्टले बाख्रा पालनबाट कमाएको १ लाख २१ हजार रुपियाँ धनगढी दिपायल फाष्ट ट्रयक अन्तरगतको पिपल चौतरा—स्याउने सडक खण्डको खाल्टाखुल्टी मर्मत गर्नमा खर्च गरेका हुन । धनगढी दिपायल फाष्ट ट्रयक निर्माण सेवा समितिका अध्यक्ष समेत रहेका बिष्टले बाटो मर्मतका लागि प्रदेश र संघ सरकार संग पटकपटक अनुरोध गर्दा पनि सहयोग नपाएको गुनासो गरे । खाल्टा खुल्टीले सडकमा सवारी चलाउन समस्या थियो अध्यक्ष बिष्टले भने, अन्तमा ग्राभेल सम्याउनका लागि धनगढी उप–महानगरपालिकाले जेसिवी सहयोग ग¥यो मैले खल्तीबाट पैशा खर्चेर २७ ट्रालि ग्राभेलले खाल्टाखुल्टी पुरे ।

फोटो क्याप्सन : स्थानीय हेमबहादुर बिष्टको निजी लगानीमा धनगढी दिपायल फाष्ट ट्रयक अन्तरगतको पिपल चौतरा—स्याउने सडक खण्डको खाल्टाखुल्टी मर्मत गरिदै । तस्वीर : टेकेन्द्र देउवा
फोटो क्याप्सन : स्थानीय हेमबहादुर बिष्टको निजी लगानीमा धनगढी दिपायल फाष्ट ट्रयक अन्तरगतको पिपल चौतरा—स्याउने सडक खण्डको खाल्टाखुल्टी मर्मत गरिदै । तस्वीर : टेकेन्द्र देउवा


बिष्ट नेतृत्वको धनगढी —दिपायल फाष्ट ट्रयक निर्माण सेवा समितिले सडक निर्माणलाई गति दिनुपर्ने भन्दै २०७५ माघ ५ गतेबाट दवाव मुलक संघर्षका कार्यक्रम चलाउदै आएको थियो । धनगढी —दिपायल फाष्ट ट्रयक निर्माणको जिम्मा पहिले केन्द्र सरकार संग थियो अध्यक्ष बिष्टले भने, केहि दिनका लागि प्रदेशमा अधिकार आयो फेरी केन्द्रमै गएको छ । स्थानीय सरकार आफ्नो मातहतको सडक होईन भन्दछ बिष्टले भने, केन्द्रले प्रदेश र प्रदेशले केन्द्र देखाउँछ जसका कारण हामी अन्यौलमा छौं । स्थानीयले सडक कहिले बन्छ भन्दै मलाई समेत दवाव दिन थाले बिष्टले भने, सम्वन्धीत निकायले सहयोग नगरेपछि स्थानीयको माग सम्बोधन गर्न आफै खर्च गरेर सडक मर्मत गरेको हुँ ।
बिष्टले निजी लगानीमा झण्डै ६ किलोमिटर सडकका खाल्टा खुल्टी मर्मत गरेका छन् । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले फाष्टट्रयाकलाई प्रदेश र संघ सरकारले खेलाची बनाएको आरोप लगाए । उनले भने, कहिले सडक संघमा पुग्छ कहिले प्रदेशमा पुग्छ सक्दैनन् भने स्थानीय सरकारलाई दिए हुन्छ आफ्नो क्षेत्र भित्रको सडक हामी बनाएर देखाउँछौं । 


 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा