महिला हिंसाको खास जरो मदिरा हो – अधिकारक्रमी जयन्ती जोशी

news doti
news doti
September 13, 10:26

चैनपुर । जिल्लामा महिला हिंसा हुनुको मेन कारण नै मदिरा भएको महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले बताएकी छन् । जिल्लामा खाद्यन भन्दा बढी मदिर भित्रन्छ चामल किनौ भने पाईदैन मदिरा जतातै पाईन्छ त्यसको प्रत्यक्ष शिकार गाउँका सोझासाझाँ महिलाहरु पर्ने गरेको बताईन् । बझाङ साईपाल डटकम संग कुरा गदै भनिन् जिल्लामा मदिरा नियन्त्रण नहुनाले घरेलु हिंसा दिनानु दिन बढ्दै गएको छ,यसले पछि विकरालरुप लिने देखिन्छ ।

आफुले लामो समय देखि महिलाहरुको क्षेत्रमा काम गदै आएको अनुभव सुनाउदै भनिन् हिंसा भनेको नै यो समाजको साझाँ समस्या हो । यसमा सबै सरोकारवाला निकायहरुले एकिवद्ध भएर आवाज उठाउन आवश्यक देखिन्छ । २९ बर्ष लामो शिक्षण पेशामा रहि गाउँघरका महिलाहरु संग प्रत्यक्ष नजिकको सम्बन्धमा बसेर महिलाहरु माथी हुने पिडादायी घटनाहरुलाई नजिक बाटै निहालेको छु ।
जिल्लामा १२ वटा स्थानीयतहहरु छन् ।

गाउँपालिका र नगरपालिकामा उपाध्यक्ष को नेतृत्वमा न्यायिक समिति गठन गरेको छ तर उनीहरुको पनि क्षमता बिकास र कानुनी ज्ञान को कमीले समस्या आएको देखिन्छ । जिल्लामा अशिक्षाको कमीले गर्दा महिला माथी हुने हिंसाहरु त्माम छन् । घरेलु हिंसा,बहुबिवाह,छाउपडी प्रथा जस्ता महिला माथी हुने सबै खाले हिंसा भनेको नै अशिक्षा हो ।

सामाजिक क्षेत्रमा लागेको करिव ११ को अनुभव छ । महिला अधिकार मञ्च बझाङकी अध्यक्ष भएको अब ५ बर्ष पुग्न लागेको छ यो समय अवधिमा करिव ८ सय भन्दा बढी महिला हिंसा सम्बन्धिका विभिन्न खाले केसहरु आए सबै भन्दा बढी कुटपिट,बहुविवाह,बालविवाह जस्ता हिंसा वाट पिडीत महिलाहरु न्याएका लागि महिला अधिकार मञ्चमा आए ।

सबै घटनाहरुको यथार्थ बुझेर पिडीतमहिला लाई न्याय र पिडकलाई सजाय दिलाउनको लागि सबै सरोकारवाला निकाय संगको सहकार्यमा महिला हिंसा अन्त्य गर्न लागेको बताइन् । बझाङ्गी महिलाहरुको अधिकार र हितको पक्षमा आफु जिवन्त लागिरहने बताइकी छन् । महिला माथी हुने हिंसाहरुलाई नियन्त्रण गर्नको लागि सबै निकायहरुको सम्मान भुमिका रहन्छ । सबै भन्दा पहिला जिल्लभरी मदिरा नियन्त्रण गरे महिला हिंसाका घटनाहरु कम घट्ने आँकलन रहेको देखिन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा