महिला हिंसाका मुद्धालाई साझा बनाईने ः  लिलि थापा

news
news
September 18, 5:19

कैलाली, २ असोज- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा मानव अधिकारका लागी महिला एकल महिला समूह (डब्लूएचआरं) का संस्थापक अध्यक्ष लिलि थापाले हिंसा प्रभावितहरुको मुद्धालाई साझा बनाउन महिला महासंघ खोल्ने तयारी भईरहेको बताईन् ।

पछिल्लो अवस्थामा हिंसा प्रभावितहरुको मुद्धा विकेन्द्रीत भएर वकालत भईरहेको बताउँदै मुद्धालई साझा बनाउन महिला महासंघ एकदमै जरुरी रहेको बताईन् । केन्द्रदेखि जिल्ला तहसम्म महिलाले सञ्चालन गरेका गैरसरकारी संघसंस्थालाई एक ठाउँमा उभ्याएर महासंघ खोल्ने तयारी समेत भईसकेको छ । हाल सम्म तीन सय भन्दा बढि संस्था सम्पर्कमा आईसकेको थापाले जानकारी दिईन ।

यूएनडिपीको सहकार्यमा भएको छलफलमा थापाले सुदूरपश्चिममा जडागाडेर बसेको मुद्धा पहिचान गरी यो क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाले दीर्घाकालिन योजना बनाएर अगाडी बढ्न सके मात्रै सुदूरपश्चिमको विकास हुने बताए ।

यस्तै छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उप सचिब मञ्जु खतिवडाले संघसंस्थाले उठान गरेको मुद्धालाई आयोगसंग समन्वय गर्न सके प्रभावितले छिटो छरिटो न्याय पाउँन सक्ने वातावरण कामय हुने बताईन् । आयोग सम्म आएको मुद्धालाई जति सके चाँडो न्याय दिलाउन आयोगले दबाब दिईरहेको जानकारी दिईन् ।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेले महिलाहरु यति धेरै काम गरिरहदाँ समेत निर्णायक ठाउँमा जानी जानी छुटाईरहेको दाबी गरिन् । उनले लामो समयसम्म महिलाकै क्षेत्रमा काम गर्नेहरु समेत नीतिनिर्माण गर्नुपर्ने ठाउँमा आफ्ना स्थानको खोजी पर्ने बाध्याता रहेको बताईन् ।

नेपालमा महिलाहरुकै आन्दोलनबाट संविधानको कयौं धारा परिमार्जन भएको उदाहरण दिदै स्थानीय सरकारले कुनै नीति तयार गर्दा सवासंग सम्बन्धित विज्ञ महिलाहरुको पनि सहभागिता गराउन अनुरोध गरिन्

ओरेक नेपाल कैलालीका कार्यक्रम अधिकृत गिता चौधरीले पछिल्लो अवस्थामा सम्बन्ध विच्छेदका मुद्धाहरु एकदमै बढेको तथ्यांक बताईन् । उनले ओरेक कैलालीको दूई महिनाको दाता हेर्दा १३ वटा मुद्धा दर्ता भई प्रक्रिया अगाडी बढाएको बताईन् । सम्बन्ध विच्छेदका मुद्धा बढेसंगै ओरेक कैलालीलाई थप चुनौतीको सामना गर्नुपर्ने उनको भनाई थियो ।

यस्तै सेवक नेपालका अध्यक्ष पवन मुडभरीले बालिकाहरु स्कुल छोड्ने क्रम ह्वात्तै बढेको बताईन् । एसईई सम्म आईपुग्दा ४० प्रतिशत बालिकाले स्कुल छोड्ने गरे बताईन् । उनले बालिकाहरुलाई स्कुल छोड्नबाट जोगिनकोलागि रणनीति तयारपार्न जरुरी रहेको बताईन् । छलफललाई यूएनडिपीका बैजन्ती गिरी र लक्ष्मीले सहजीकरण गरेका थिए ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा