बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा मेला समपन्न

news
news
September 20, 7:32

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक बर्ष निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजा सहित जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा अन्य जात्राको समयमा बलि हुने भएपनि यो जात्रा बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । 

तीन दिन अघिदेखि मेला शुरु भई पूर्णिमाको बिहान मेला सकिने बोहराले जानकारी दिनुभयो । यो मेलामा सोराड र बैतडी सदरमुकाम क्षेत्रबाट जात्रा आउने र त्यही नै जात्राको मुख्य आकर्षण रहेको अध्यक्ष बोहराले बताए । 

यो जात्रालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रही आएको छ । जात्राको अवसरमा ठाडो खेल, देउडा खेल लगायतका सांस्कृतिक खेलहरु पनि हुने गरेका छन् । अनन्त चतुर्दशीको मेला भाद्र शुक्ल त्रयोदशीबाट शुरु भएर पूर्णिमाका दिन सकिन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा