बैतडीमा व्यापारी मृत्यु प्रकरणः ५ जना प्रहरीको नियन्त्रणमा

news
news
September 23, 3:03

बैतडी, ७ असोज । बैतडीमा व्यापारीको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले पाँच जना स्थानीयलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँका व्यापारी कमलसिंह महरा मृत फेला परेपछि सो घटनाको अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएकाहरुको नाम भने प्रहरीले खुलाएको छैन। उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले बताए। सुर्नयाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय महरा आज मृत फेला परेका थिए । उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। प्रहरीलाई खबर गरेपश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको थियो।

मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ। मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने स्थानीयले माग गरेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा