शरदको बिहे प्रस्ताव स्विकारिन् गायिका इन्दिरा जोशीले, हेलिकप्टरमा खुम्बु पुगेर गरे इन्गेजमेन्ट

Indira Joshi
Indira Joshi
September 24, 10:26

गएको वर्षको फागुन महिनाको पहिलो हप्ता गायिका इन्दिरा जोशीले आफ्नो हातमा लगाएको औँठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता.... अन्तिम श्वाससम्म हामी सँगै हुनेछौँ।’ 

 

त्यस बेला गायिका इन्दिराले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन्। त्यसले नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी इन्दिराका फ्यान र शुभचिन्तकहरूको खुल्दुली बढाएको थियो। 

 

अब त्यो खुल्दुलीको समय सकिएको छ। गायिका इन्दिरा र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको छ। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले इन्दिरालाई औँठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेका छन् । 

उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्। सार्वजनिक भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले इन्दिरालाई औँठी लगाउँदै गरेको देख्न सकिन्छ। 

 

टिकटकमा भिडिओ राख्दै इन्दिरा र शरदलाई नयाँ उज्ज्वल भविष्यको कामना दिएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा