बझाङ जिल्ला प्रशासन कार्यालयमा विप्लवको धर्ना

news
news
October 04, 3:33

धनगढीः बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ। सोमबार विप्लव समूहका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडी धर्ना दिएका हुन्। 

तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको र सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै उनीहरुले धर्नामा बसेको बताएका छन्। ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउन धर्ना सुरु गरिएको बताईएको छ। धर्ना जारी रहेको छ। 

तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो। तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लवको गुनासो छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा