महाकालीमा दुई सय बढी घर डुबानमा

news
news
October 19, 9:53

धनगढी, २ कार्तिक । आइतबार साँझदेखि परेको अविरल वर्षाले महाकाली नदीमा आएको बाढीले तटिय क्षेत्र डुबानमा परेका छन् । भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऐरी १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ ।

स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदीमा अहिले सम्मको उच्च बाढी आएको हो । महाकाली नदीमा मंगलबार बिहान ५ बजे ३ लाख ९१ हजार ३६४ क्युसेक पानीको वहाब मापन गरिएको छ ।

२०७० सालयता नदीमा यो उच्च वहाब हो । दार्चुला क्षेत्रमा अविरल पानी परिरहेकाले महाकाली नदीमा पानीको वहाब अझ बढ्न सक्ने भन्दै सतर्कता अपनाउन कञ्‍चनपुर प्रशासनले अनुरोध गरेको छ ।

त्यस्तै बाढीका कारण महाकाली पुल आयोजनाभित्रको भाइरल रोडले परिचित छ लेन कालोपत्र सडक समेत कटान हुन थालेको छ ।

पुल आयोजनादेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको बैजनाथ मन्दिर क्षेत्रमा रोड कटान सुरु गरेको महाकाली पुल आयोजना ईन्जिनियर किशोर पाण्डेले बताए । महाकालीमा पानीको वहाब अहिलेसम्मकै उच्च रहेको भन्दै पाण्डेयले वहाब कम नभए कालोपत्रे सडक पुरै भत्काउने अवस्थामा रहेको बताए ।

ईन्जिनियर पाण्डेले आयोजनाको अस्फाक प्लान्ट एरिया र क्याम्पमा समेत बाढी पसेको बताए । उनले क्याम्पमा रहेका सामाग्रीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको बताए ।

यस्तै दोधाराचादनी नगरपालिका १० जोगबुढा नदी छेउमा रहेको कुतियाकवर सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा बाढी पसेको छ । राति १ बजे नजिकैको हरिओम प्राथमिक विद्यालयमा प्रहरीलाई स्थानान्तरण गरे पनि त्यहा पनि बाढी पसेपछि प्रहरीकै बिचल्ली भएको छ ।

भिमदत्त नगरपालिका(१२ ऐरीघाट, ओदाली र वडा नम्बर १३ बढैपुर र पिपरैयाका करिब २ सय घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङले जानकारी दिए । उनले उद्दार गरिएकालाई जनता प्राथमिक विद्यालय ऐरीघाटमा राखिएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा