चौधरी फाउण्डेशनद्धारा दोधरा चाँदनीका बाढी प्रभावितलाई खाद्यान्न वितरण

news
news
October 24, 10:35

कञ्चनपुर – चौधरी ग्रुप अन्तरगतको सामाजिक संस्था चौधरी फाउण्डेशनले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका तीन सय बाढी प्रभावित घरधुरीका लागि खाद्य राहत सामाग्री उपलब्ध गराएको छ ।

फाउण्डेशनका तर्फबाट सीजी फुडका विक्रि प्रबन्धक सुनिल कुमार सुवेदी, सीजीब्रुअरीका विक्रि प्रबन्धक मनोज घिमिरे र सीजी स्न्याक्सका सहायक विक्री प्रबन्धक एकेन्द्र साउँदले राहत सामाग्री नगरपालिकाका मेयर बीर बहादुर सुनार र उपमेयर चीनी ओझालाई हस्तान्तरण गरेका हुन ।

फाउण्डेशनले राहत सामाग्रीहरु अन्तरगत ६ सय पाकेट वाइवाइ चिकेन भुजिया चाउचाउ, एक हजार आठ सय पाकेट मीमी वाइवाइ चाउचाउ, तथा छ सय थान रियो जुस उपलब्ध गराएको हो ।

हालै आएको अबिरल वर्षाका कारण महाकाली नदीमा आएको उच्च बाढीले दोधारा चाँदनी क्षेत्रम ाडुबान भइ विपतको अवस्थामा तत्काल राहत उपलब्ध गराएको चौधरी ग्रुपका प्रदेश प्रशासक बन्सी चौधरीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा