बेलौरी प्रहरीको सफलता : मोटरसाईकल चोर्ने दुई युवकलाई ८ घण्टामै नियन्त्रण

news
news
October 25, 1:48

बेलौरी, ८ कात्र्तिक / शनिबार राती बेलौरीको डिडी अटो मोबाइल्सबाट ३ वटा मोटरसाईकल चोरी गर्ने चोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल चोरी भएको करिब ८ घण्टा नबित्दै ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुई जना युवकलाई दोदा नदि किनारमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
चोरीमा संलग्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ बस्ने २० वर्षीय विवेक बम र शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय पारस बिष्टलाई प्रहरीले आइतबार साँझ नै पक्राउ गरेको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खड्काका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहा स्थित गणेशसिंह रावलको घर अगाडिको परालको थुप्रोमा लुकाई छिपाइ राखेको अवस्थामा शोरुमबाटै चोरी भएको १ थान नयाँ मोटरसाइकल र चोरी घटनामा प्रयोग गरिएका १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरिएको छ ।
उनीहरुको गिरोहले शोरुममा जोडिएको सिसिटिभी क्यामेराको तार काटेर १ थान ‘पल्सर २०० सिसी’ र २ थान ‘पल्सर १५० सिसी’ मोडेलका मोटरसाइकलहरू चोरी गरेका थिए ।
उक्त घटनामा कम्तीमा पनि ५ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि घटनामा संलग्न अन्य व्यक्तिहरू र शोरुमबाटै चोरी भएका बाँकी २ वटा नयाँ मोटरसाइकलको खोजि कार्य जारी रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
घटनाको जानकारी पश्चात निक्कै सक्रियतापूर्वक अनुसन्धानमा केन्द्रित भएको प्रहरी टोलीलाई डिडी अटोमोबाइल्सका सञ्चालक दीपेन्द्र बिष्टले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा