सुडानमा प्रदर्शनकारीमाथि सेनाको गोली, ६० को मृत्यु

Sudan
Sudan
June 05, 12:56

एजेन्सी–सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राजधानी खार्तुममा प्रदर्शनकारीलाई तितरवितर पार्न सैनिकले गोली चलाएको थियो। बीबीसीकाअनुसार अन्तरिम सैन्य सरकारलाई बर्खास्त गरेर नागरिक प्रतिनिधिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेको छ। पछिल्लो दुई दिनमा भएको गोलीबारीमा ६० जनाको मृत्यु भएको हो। प्रदर्शनकारीमाथि सैनिक बल प्रयोग भएपछि अन्तर्राष्ट्रिय समुदायले सैनिक नेतृत्वको सरकारको आलोचना गरेको थियो। बेलायत, जर्मनी, युरोपियन युनियन र संयुक्त राष्ट्रसंघले सुडानको सैन्य सरकारले प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना गरेका थिए। प्रदर्शनकारीले सैनिक हेडक्वाटर अगाडि प्रदर्शन गरिरहेका छन्। गत महिनादेखि नै प्रदर्शन जारी रहेको छ। ओमर अल बसिर ३० वर्षदेखि सुडानको शासनमा थिए। उनलाई सैन्य कू मार्फत सत्ताच्यूत गरिएको थियो। बसिर सत्ताबाट बाहिरिएसँगै त्यहाँ प्रदर्शन भइरहेको हो। केही पहिले त्यहाँका नेता र सैन्य नेतृत्वबीच तीन वर्षभित्र चुनाव गराएर सैनिक नेतृत्वले सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सोमबार सेनाले प्रदर्शनकारीलाई सैनिक हेडक्वाटरबाट बलपूर्वक हटाउन खोजेपछि हिंसा भएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा