बैतडीमा बन्दको आंशिक प्रभाव

news
news
November 16, 12:59

बैतडी - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको बैतडीमा आंशिक प्रभाव देखिएको छ । बैतडीसहितका विभिन्न ठाउँमा आज बिहानैदेखि सार्वजनिक सवारीसाधन कम चलेका छन् । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रका आंशिक रुपले अत्यावश्यक सवारीसाधन चलेका छन् भने पाटन, खोड्पेलगायतका बजार क्षेत्रमा पनि सवारीसधान चलेका छन् । पसलहरु भने बन्द छन् । 

यसैगरी, गोकुलेश्वर क्षेत्रमा सवारीसाधन र पसलहरू बन्द रहेको स्थानीय व्यवसायी सुरेश श्रेष्ठले बताए । गोकुलेश्वरको बैतडी र दार्चुलातर्फका सबै पसल तथा होटेलहरू बन्द रहेको उनले बताए । बन्दको समयमा निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरू गुडिरहेका छन् । तर, सार्वजनिक सवारी भने बन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

नेकपाका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकललगायत अत्यावश्यक सेवा भने खुल्ला छन् । त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायातलगायत सबै क्षेत्र बन्द गरिएको छ । सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरुद्धमा नेपाल बन्दको आव्हान गरेको हो । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा