भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा थप एक जना पक्राउ

news
news
November 22, 12:33

धनगढी,५ मंसिर । कैलालीमा चक्कु प्रहार गरेर लम्कीका २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। कैलाली लम्कीचुहा नगरपालिका वडा नं ३ चिसापानी बस्ने बर्ष १९ का मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा जिल्ला सुनसरी धरान उप(महानगरपालिका वडा नं ४ स्थितबाट पक्राउ  गरिएको हो ।

उक्त प्रकरणमा पक्राउ परेका अन्य ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ६ जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

कात्तिक २३ गते मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय बडुवालको हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्का रहेका छन्। देवकोटा बाहेक पक्राउ परेका अन्य ९ जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ भने देवकोटालाई चक्कु प्रहार गरेको आरोप लागेको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा