डोटीको सेती प्राविधिक शिक्षालयका प्रमुख यादव शिक्षालयको गाडी सहित २ दिन देखि फरार

news
news
January 02, 1:34

डोटी १८ पुष / सेती प्राविधिक शिक्षालय दिपायलका प्रमुख वीरेन्द्र बाबु यादव शनिवार दिउँसो देखि शिक्षालयबाट फरार छन् । कुखुराका चल्ला खरिदमा कमिसन मागेको अडियो सहित खप्तड अनलाईले समाचार प्रकाशन गरेपछि उप–प्रधानाध्यापकलाई निमित्त थमाएर फरार भएका हुन् ।

जिल्ला बाहिर जाँदा जिल्ला प्रशासन कार्यालयबाट गाडीको पास लिनु पर्ने हुन्छ तर उनले प्रशासनलाई जानकारी समेत नलिएर शिक्षालयको गाडी सहित फरार भएका हुन् । कर्मचारीहरुले उठाएका माग, अडियो सहित आएको विवादका विषयमा आइतबार सञ्चालक समितिको बैठक बस्ने तय भएको भए पनि शिक्षालय प्रमुख यादवले एक्कासी शिक्षालय छोडेर हिडेको शिक्षालयका कर्मचारीहरुले बताए ।

प्रमुख जिल्ला अधिकारी शंकर विष्टले शिक्षालय प्रमुख गएको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।‘गाडीको पास पनि लगेको छैन । त्यसरी एक्कासी कहाँ जान पाईन्छ । म फोन गरेर बुझ्छु,‘उनले भने ।’

आर्थिक पारदर्शिता, प्रशासनिक सुधारका विषयलाई लिएर शिक्षालयको कर्मचारी संघ आन्दोलित रहेको छ । संघले राखेका मागका विषयमा बैठक बसेर छलफल गर्ने सहमती भएपनि शिक्षालय प्रमुख अडियो बाहिरिएपछि एक्कासी शिक्षालय छोडेर हिँडेका हुन् ।
शनिवार विहान ११ बजे तीर आफुलाई सन्चो नभएको र एउटा फाइल केन्द्रमा पेश गर्नु पर्ने भएकाले आफु जान लागेको भन्दै निमित्तको पत्र थम्याएर शिक्षालय प्रमुख काठमाण्डौंका लागि हिडेको उप–प्रधानाध्यापक हरीदत्त ओझाले बताए । प्रमुख वीरेन्द्र यादव र सेती प्राविधिक शिक्षालयमा फोन गर्दा उठेन । 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा