कञ्चनपुरमा एक शिक्षक जो एकै साथ दुई पार्टीमा कृयाशील छन्

ss
ss
January 06, 4:23

कञ्चनपुर,२२ पुष  / कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का महेशदत्त भट्ट शिक्षण पेशामा संलग्न छन् । उनी तिलाचौरस्थित वालजागृती आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत हुन् । शिक्षकले प्रत्यक्ष राजनीतिमा संलग्न हुन पाइदैन । तर, भट्ट भने एकैपटक दुई पार्टीमा कृयाशील भएको पाइएको छ । 

उनी ३ भदौमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत समाजवादी र नेकपा एमाले दुबैमा कृयाशील भएको पाइएको हो । समाजवादीको संगठन निर्माणमा खटिइरहेका भट्टलाई उनकी पत्नी दुर्गा भट्टले पनि साथ दिइरहेकी छन् ।

भट्ट दम्पत्ती अहिले समाजवादीमा खुलेपनि दुबैजनाले नेकपा एमालेको संगठित सदस्यता भने परित्याग गरिसकेका छैनन् । बरु त्यसलाई नवीकरण गर्दै आएको पाइएको छ । प्रअ भट्ट वकालत र बीमा सम्बन्धि कामसमेत गर्छन । 

नेकपा एमालेबाट टुक्रिएर ३ भदौमा नेकपा एकीकृत समाजवादी जन्मिएको थियो । सोही महिनाको २३ र २८ गते एमालेको कञ्चनपुरस्थित पार्टी कार्यालयमा गएर भट्ट दम्पत्तीले सदस्यता नवीकरण गराएका हुन् ।

No description available.

शिक्षण पेशामा भएकाले महेशदत्त भट्टले आरके भट्टका नाममा सदस्यता लिएका थिए । उनको सदस्यता नं. ६७४१७ हो । यस्तै उनकी पत्नीले दुर्गा देबी भट्ट जोशीका नाममा सदस्यता लिएकी छन् । उनको सदस्यता नं. २१९७४८ रहेको छ ।

No description available.‘उहाँहरु दुबैजना नवीकरणबापतको शुल्क तिरेर जानु भएको हो । त्यसपछि पार्टीमा कुनै खबर गर्नु भएको छैन्,’ एमाले कञ्चनपुरका कार्यालय सचिव कर्णबहादुर चन्दले भने, ‘केन्द्रीय कार्यालयबाट दुबैजनाको सदस्यता नविकरण भएर आएको छ ।’    सिमारेखा बाट साभार

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा