Aagan-cakes-web-banner-2

अत्तरियामा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

news
January 10, 4:13

अत्तरिया २६ पुष / कैलालीको अत्तरियाम हुने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले मंगलबार देखि आयोजना गर्न लागेको महोत्सव एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित गर्न लागिएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस भनेर स्थगित गर्न लागिएको बताए ।

उनले महोत्सवका लागि सबै तयारी पुरा भएको भएपनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको बताए । उनले हाल महोत्सवका लागि तयार गरिएका संरचना पनि कार्यसमितिको बैठकबाट निर्णय गरेर हटाइने बताए । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

मुटु दिनेलाई मुटुदिन्छु चोटदिने लाई चोट गितको भिडियो सार्वजनिक…
धनगढी ९ माघ /  मुटु दिनेलाई मुटुदिन्छु चोटदिने लाई चोट बोलको गित आईतवार सार्वजनिक भएको छ । गित… विस्तृतमा
डोटेली जनता रोएको दिन... 
जब देश संघियतामा गयो तब डोटेली जनताहरुमा छुट्टै खुसि  थियो । सबैको एउटै  चहाना थियो राजधानी दिपायल… विस्तृतमा
थारु समुदायमा माघीलाई नयाँ वर्षको रूपमा मनाइँदै
धनगढी  ३० पुष  / आज पुसको अन्तिम दिन । गाउँ–गाउँमा सुँगुर काटेपछि थारु समुदायमा माघी औपचारिक रुपमा… विस्तृतमा
गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा (भिडीयो सहित )
धनगढी,२९ पुस ।  लोक पप देउडा गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा ल्याएका छन् । हर्क विवश… विस्तृतमा