गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा (भिडीयो सहित )

news
news
January 13, 11:25

धनगढी,२९ पुस ।  लोक पप देउडा गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा ल्याएका छन् । हर्क विवश खनालको उत्कृष्ट शब्दमा तयार पारिएको सो गीतमा  गायक चेतन बोहराको स्वर रहेको छ । 

उक्त गीतलाई कम्पोजर भने स्वयंम गीतकार हर्क विवश खनाल नै गरेका छन् भने सङ्गीत संयोजन केशव बडुले गरेका छन् ।चेतन बोहरा युट्युब च्यालनवाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि निकै रमाइलो सँगै गाउँघरका कुना कन्धराका बस्तु विशेषलाई उठान गरेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने उनलाई पशुपति खनाल र दुर्गेश जोशीले साथ दिएर अझै गीतलाई सुमधुर बनाई दिएका छन् ।

मीन रावलले सम्पादन गरेको म्युजिक भिडियोको छायाङ्कन मुकेश हुमागाईँले गरेका हुन् । गायक बोहराले केही समय अगाडी काफल गेडी बोलको गीत बजारमा ल्याएका थिए । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा