बैतडीमा एक युवकको शव फेला

news
news
January 13, 12:29

धनगढी  २९ पुस / बैतडीमा हत्या गरेर ओढारमा गाडेको अवस्था एक जनाको शव फेला परेको छ । जिल्लाको सुुर्नया गाउँपालिका–६ स्थित धुुलिधार जंगलको ओढारमा बुुधबार स्थानीय ३२ वर्षीय डम्बर अवस्थीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले गत मंसिर १४ गतेदेखि बेपत्ता रहेका अवस्थीको शव ओढारमा गाडेको अवस्थामा भेटिएको जानकारी दिए ।

‘अवस्थीको खोजीका लागि उहाँको परिवारले पुस १ गते हामीलाई निवेदन दिनुुभएको थियो,’ प्रहरी निरीक्षक ओझाले   भने, ‘हाल हाम्रो नियन्त्रणमा रहेका सोही ठाउँका हरीश अवस्थीले दिएको सूचनाका आधारमा उनको शव भेटिएको छ ।  

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालतर्फ लैजादै गरेको बताउँदै प्रहरी निरीक्षक ओझाले अनुुसन्धानपछि थप कुरा खुुल्ने जानकारी दिए ।

को हुुन् प्रहरीलाई सूचना दिने हरिश  ?

सुुर्नया गाउँपालिका–६ का हरिश अवस्थीलाई हालै जिल्ला प्रहरी कार्यालय बाँकेले राप्ती नदी किनारबाट नियन्त्रणमा लिएको थियो । अवस्थीले सामाजिक सञ्जाल फेसबुकमा आफूूलाई ६ जनाको समूहले अपहरण गरेर राप्ती नदी किनारमा पुर्‍याएको स्टाटसका आधारमा प्रहरीले उनलाई उद्दार गरेको थियो ।

तर अनुुसन्धानका क्रममा अवस्थीले भने बमोजिमको घटनाक्रम नदेखिएपछि प्रहरीले उनलाई नियन्त्रणमै राखेको थियो । केरकारका क्रममा प्रहरीलाई अवस्थीले डम्बरको हत्या गरेर शव ओढारमा गाडेको बताएपछि प्रहरी बुुधबार घटनास्थल पुुगेको थियो ।

प्रहरी निरीक्षक ओझाकाअनुसार उनले डम्बरको आफैंले हत्या गरेको र घटना लुकाउन अपहरणको नाटक गरेको बताएका प्रहरी निरीक्षक ओझाले बताए । हत्याको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा