बैतडीमा युवक हत्या प्रकरण : नवराजले हत्य गरेको स्वीकार

news
news
January 18, 11:53

बैतडी,४ माघ /  बैतडीको सुर्नया गाउँपालिका–६ डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सोही ठाउँका नवराज अवस्थीले पनि हत्यामा संलग्न रहेको स्वीकार गरेका छन्। आइतबार पक्राउ परेका नवराजले सोधपुछका क्रममा आफू पनि हत्यामा संलग्न भएको बताएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।अदालतबाट म्याद थपेर उनीमाथि पनि थप अनुसन्धान गरिने ओझाले बताए । 

यसअघि सोही ठाउँका हरिश अवस्थीले पनि डम्मरको हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन्। गत मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो। गएको बुधबार घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा डम्मरको शव गाडेको अवस्थामा फेला परेको थियो ।

शव पोस्टमार्टमपछि भइसकेको छ। तर उनको अन्तिम संस्कार हुन सकेको छैन। उनका आफन्तहरूले हत्यामा संलग्न भएका सबै पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएका छन्  ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा