खानेपानी मन्त्री विना मगर लाई कालो झण्डा देखाएपछि डोकेवजारमा झडप

1
1
June 25, 7:04

धनगढी, असार १० -

खानेपानी मन्त्री विना मगर लाई कालो झण्डा देखाउन खोज्दा कञ्चनपुरको डोकेवजारमा झडप भएको छ ।  पुनर्वास र बेलौरी नगरपालिकाको नगरसभा उद्घाटनका लागि मन्त्री मगर जाँदै गर्दा बाटोमा खानेपानी मन्त्री मगरलाई डोकेबजारमा कालो झण्डा देखाउन खोज्दा कांग्रेश र नेकपाका कार्यकर्ताहरु बिच झडप भएको हो । कुटपिटवाट नेपाली कांग्रेस क्षेत्र नम्वर– १ का सभापती गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, नेपाली काग्रेसकै कार्यकर्ता विक्रम चन्द कुटपिटबाट घाईते भएका छन् । उनिहरुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले डोके बजार क्षेत्रमा दुई पक्षका कार्यकर्ताबीच तनाव भएका जानकारी दिए । आज दिउँसो दुई पक्षबीच हात हालाहालको अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘कालो झण्डा देखाउन खोजेपछि तनाव भएको रहेछ । अहिले स्थिति सामान्य भइसक्यो मन्त्रीज्यू कार्यक्रममा गइसक्नुभएको छ,’ वैद्यले भने।
खानेपानी मन्त्रीले जनअपेक्षा अनुसार नसकेको भन्दै कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन खोजेपछि दुई पक्षबीच झडप भएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा