डोटीमा पत्रकारहरुले नगर बसमा निशुल्क यात्रा गर्न पाउने

ss
ss
February 03, 3:04

डोटी,२० माघ  / दिपायल सिलगढी नगरपालिकाको बसमा पत्रकारहरुले निस्शुल्क यात्रा गर्न पाउने भएका छन् । परिचयपत्र बोकेका क्रियाशील पत्रकारहरुलाई आजकै मितिबाट नगरबसमा गाडी भाडा छुट गरिने नगरप्रमुख मञ्जु मलासीले बताइन् ।

नेपाल पत्रकार महासंघ डोटी शाखाले बिहीबार नगरप्रमुखलाई नगरबसमा भाडा छुट गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । महासंघले नगरबसमा भाडा छुट, पत्रकारहरूको क्षमता अभिवद्धि तालिम लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको हो ।

महासंघका अध्यक्ष मोहन शाहीले बुझाएको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख मलासीले परिचयपत्र बोकेका पत्रकारहरुलाई नगरबसमा आजैबाट निस्शुल्क गरिने बताइन् । यसअघि नगरबसमा विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट गरिँदै आएको उनले बताइन् ।

यस्तै शिखर नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको दिन देखिनै पत्रकारहरु, जेष्ठ नागरिकहरु र अपाङ्गता भएका व्यक्तिलाई बस भाडा निस्शुल्क गरेको थियो ।

दिपायल सिलगढी नगरपालिकाको नगरबस दिपायल देखि सिलगढी सम्म सञ्चालनमा छ भने शिखर नगरपालिकाको नगरबस डोटी र डडेलधुराको सीमा कोरालखोला देखि दिपायल सम्म सञ्चालन हुने गरेको छ ।

नगरपालिकाहरुले पत्रकारहरुलाई बसमा छुट गरेपछि व्यक्तिगत यातायातका साधन नभएका पत्रकारहरुलाई समाचार सङ्कलनमा जान सहज हुने महासंघका सचिव पवन महराले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा