सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात, यातायात अवरुद्ध

news
news
February 04, 11:09

बैतडी — बैतडीसहित सुदूरपश्चिममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझबाट जिल्लाका खोड्पे , सद्बबाज,मुस्याचौर , ढोल्यामोड,अनारखोलीलगायतका स्थानमा हिमपात भएको हो । सदरमुकाम खलंगाको गढी,शाहीलेकमा पनि केहीबेर हिमपात भएको थियो ।

हिमपातले बिहीबार रातिबाटै यातायात अवरुद्ध भएका छन् । जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने सवारीसाधनहरू खोड्पे , सद्बबाज, अनारखोलीलगायतका स्थानमा रोकिएका छन् । यस्तै हिमपातले डडेल्धुराबाट अगाडि आउने सवारीसाधनहरू पनि बीच बाटोमै राकिएका छन् भने बझाङ जाने सडकमा पनि हिपपातले सवारीसाधन ठप्प छन् ।

बिहीबार रातिदेखि नै यात्रुहरू सडकमा रोकिएकाले जनजीवन कष्टकर बनेको दोगडाकेदार गाउँपालिकाका भोजराज जोशीले बताए । लगातार हिउँ परिरहेका कारण सडकमा एक्स्काभेटर लगाउन नसकिएको प्रहरीले बताएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा