बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

news
news
February 08, 10:53

गणेश मौनी
माघ २५ डोटी / 
सामुदायीकबिकास केन्द्र डोटीको बार्षिक सामाजिक परिक्षण कार्यक्रम सोमबार जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्नभएको छ । 
संस्थाले एक बर्षको अबधीमा गरेकाविभिन्न परियोजना र संस्थागतगतिबीधीहरुको बारेमा सेवाग्राही र सरोकारवालनिकाएलाई जानकारी गराई आगामीबर्षकालागि सुझाब संकलनगर्ने उद्देश्यले बार्षिक सामाजिक परिक्षण कार्यक्रमको आयोजनागरिएको हो । 
सामाजिक परिक्षण कार्यक्रममा गुडनेर्वस इन्टरनेशनल, वल्र्डभिजन इन्टरनेशनल र वल्र्ड एजुकेशनको सहयोगमासामुदायीकबिकास केन्द्र डोटीले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका, पुर्विचौकीगाउँपालिका, शिखरनगरपालिका र आदर्श गाउँपालिकामा संचालन गरेको विभिन्न परियोजना र संस्थागत रुपमा गरेकागतिबीधीहरुको बारेमासामाजिक परिक्षण गरिएको सामुदायीकबिकास केन्द्र डोटीका सामुदायीकबिकास परियोजनाशिक्षाबिकास अधिकृत एकराज बडुले बताए । 
कार्यक्रममाबोल्ने अधिकांस सहभागिहरुले सामुदायीकबिकास केन्द्र डोटी जिल्लामाशिक्षा क्षेत्रमाकामगर्ने नमुना संस्थाको रुपमा रहेको चर्चा गरेकाथिए । आगामीदिनमापनिशिक्षा क्षेत्रको बिकासकालागिनिरन्तर रुपमा अघाडी बढ्नु पर्ने, डोटी जिल्ला भरी कार्य क्षेत्र बनाई कामगर्नुपर्नेलगाएतका सुझाबदिएकाथिए । 
सामुदायीकबिकास केन्द्र डोटी सरकारकाकार्यक्रमलाई सहयोग गर्न सदैब तयार रहेको सामुदायीकबिकास केन्द्र डोटीका अध्यक्ष हेमराजजोशीले बताए । उनले भने हाम्राकार्यक्रम फरक प्रकार छुट्टै तरिकाले गर्ने होईनन सबै कार्यक्रमहरु सरकारसंग सहकार्य गरेर सरकारकाकार्यक्रमलाई सहयोग गर्न सहयोगीनिकाएको रुपमाकामगरिरहेको बताए । डोटी जिल्लामाशिक्षा क्षेत्रमा देखिएकाउपलब्धी सबैको साझा प्रयासबाट भएको आगामीदिनमापनि साझा सहकार्य आवश्यकरहेको समेतअध्यक्षजोशीले बताए। 
कार्यक्रममा संस्थागत र सामुदायीकबिकास परियोजनाको प्रस्तुतीकरण शिक्षाबिकासअधिकृत एकराज बडु,समाबेशीतथा गुणस्तरीय शिक्षा परियोजनाको प्रस्तुतीकरण परियोजना संयोजक टंक जोशी, आर्थिक प्रगतीप्रतिबेदन संस्थाका लेखापालतिर्थराजपन्तले प्रस्तुतीकरण गरेकाथिए । 
हेमराजजोशीको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रमकाप्रमुखअथितीदिपायल सिलगढी नगरपालिकाकाउपप्रमुखशिवराज खड्का रहेकाथिएभने अन्यअथितीमा वडा अध्यक्ष, कार्यक्षेत्ररहेको पालीकाकाशिक्षाशाखाप्रमुख, गैसस महासंघ, वल्र्डभिजन, गुडनेर्वसकाकाप्रमुखप्रतिनिधी,पत्रकार, शिक्षक, अभिभावक, बालक्लबलगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार गणेश मौनीले गरेका थिए । 
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा