समन्यव समितिले गरेको निर्णय प्रति जनमोर्चाको आपत्ति

news
news
February 10, 12:47

डोटी २७ माघ  / राष्ट्रिय जनमोर्चा डोटीले जिल्ला समन्वय समितिका पदाधिकारीहरुले सरकारी ल्यापटप र ट्याब मिनाहा गर्ने सम्बन्धमा गरेको निर्णय प्रति आपत्ति जनाएको छ ।
जिल्ला अध्यक्ष डबल बोगटीले बुधबार पाँचौ जिल्ला सभाबाट गरिएको निर्णयमा राजनैतिक दलको सहमति भन्दै सञ्चारमाध्यममा आएको खबरको खण्डन गरेका छन् । बोगटीले सभामा पार्टीको तर्फबाट आफैं सहभागि भएपनि दिपायलमा २ बजे हुने कार्यक्रममा जानुपरेकाले शुभकामना दिएर निर्णय पूर्व नै बाहिर निस्केको प्रतिक्रिया दिएका छन् । ‘सुरुमा उठाइएको उपस्थितिलाई आधार बनाएर कोही कसैले अवैध विषयमा निर्णय गर्छ भने हाम्रो घोर आपत्ति छ’, अध्यक्ष बोगटीले सामाजिक सञ्जालमा खण्डन गर्दै लेखेका छन ।
बुधबार जिल्ला सभाले विभिन्न १२ बुँदे निर्णयहरू गरेको थियो । जसमध्ये १० नम्बर बुँदामा पदाधिकारीहरूले बुझिलिएको ल्यापटप र ट्याब टुटफुट भई काम नलाग्ने भएको हुँदा कार्यालयमा नबुझाउने गरी मिनाहा गर्ने उल्लेख छ ।
राजनैतिक दल, अधिकांश स्थानीय तहका प्रमुख, उप प्रमुख , प्रतीनीधी, प्रमुख प्रशासकीय अधिकृत , प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।‘समन्वय समिति डोटीका पदाधिकारीहरुको सरकारी सामाग्री कव्जा गर्ने तयारी
’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

सो बैठकको निर्णयबारे प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले समेत आपत्ति जनाएका छन् । उनले नियम विपरित गरिएको निर्णय मान्य नहुने बताए । कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, राष्ट्रिय जनमोर्चाका अध्यक्ष डबल बहादुर बोगटी, समाजवादी पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटी निर्णय सुनाउनु पूर्व नै शुभकामना दिएर बाहिरिएका थिए ।
सवत्र विराेध                     
जिल्ला समन्वय समितिका पदाधिकारीहरूले टुटफुट भएको भन्दै सरकारी ल्यापटप र ट्याब नबुझाउने गरी मिनाहा गर्ने भनी गरिएको निर्णयको सवत्र बिरोध भइरहेको छ । समाजवादीका युवा नेता धन बहादुर नेपालीले उक्त निर्णय खारेज हुनुपर्ने माग राखेका छन् भने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विजयराज ओझाले पनि निर्णय खारेजीको माग गरेका छन् । त्यसैगरी कुमालीकोट गणेश कठायतले निर्णय राम्रो नभएको भन्दै सञ्चारमाध्यममा समाचार आएपछि टुटफुट भए भनेर बजारबाट बिग्रेका अरु ल्याटप बुझाउने दाउमा लाग्न सक्ने भन्दै खबरदारी गरेका छन् । त्यस्तै सामाजिक क्षेत्रमा कार्यरत भरत प्रसाद भट्टले व्यक्तिगत ल्यापटप किन्न नसक्ने जनप्रतिनिधिहरूले गरेको निर्णयबारे समाचार सुन्दा लाज लागेको बताए । कहरसिंहका तेज बिक्रम शाहीले जनप्रतिनिधिबाट खोजेर जफत गरी असुल उपर गर्नु पर्ने प्रतिकृया दिएका छन् भने कर्मचारी राज बहादुर खड्काले हाकाहाकी खुलमखुल्ला यस्तो गर्नेहरुले नेपथ्यमा के के गरे होलान् सोच्नु पर्ने बेला भएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा