शुक्लाफाँटामा बाघ गणना थालियो
February 12, 6:40
कञ्चनपुर,२९ माघ / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना थालिएको छ। शनिबार वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले स्वचालित क्यामेराको ‘स्वीच अन’ गरेर बाघ गणनाको उद्घाटन गरेका हुन्।
बाघ गणनाका लागि २१ दिनसम्म शुक्लाफाँटा, लालझाडी र डडेल्धुराको जोगबुढा क्षेत्रमा हुने बाघ गणनामा ५२० वटा स्वचालित क्यामेरा र ७० जना प्राविधिक सहितको जनशक्ति परिचालन गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए। उनले शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने बताए।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
August 12, 11:03
August 12, 11:03
August 14, 11:47
August 15, 9:33
August 16, 5:51
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा