डोटीमा जनप्रतिनीधी र एकल महिलाहरु साना ब्यवसाय गर्दै

जनप्रतिनीधी र एकल महिलाहरु साना ब्यवसाय
जनप्रतिनीधी र एकल महिलाहरु साना ब्यवसाय
February 15, 5:39

गणेशमौनी
डोटी ३ फागुन/  
मानबअधिकारको लागिमहिलाएकलमहिला समुह डोटीले डोटीका दुई पालिकाकाजनप्रतिनिधी र एकलमहिलाहरुलाई ब्यवसायीक रुपमाउद्यमगर्न सहयोग गरे पश्चात सानाब्यवसायतर्फ उन्मुखभएका छन् । 
सिमान्तकृत महिलाहरुको आवाजतथा सहभागिता परियोजनाअन्र्तगतमहिलाहरुको आर्यआर्जमा सहयोग पुग्नुका साथै राजनितीक क्षेत्रमामापनिसहयोग होस भन्ने उद्देश्यलेब्यवसायगर्न महिलाहरुलाई सहयोग गरेको परियोजनाअधिकृत लक्ष्मी देउवा बलमे बताईन । उनले भनीनहरेक महिलाहरुको राजनितीमासहजपहुचहोस भन्ने हेतुले सहयोग गरेको र सबैले ब्यवसाय सुरु गरेको बताईन् । 
मंगलबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको ब्यवसायीकमहिलाहरुलाई पुर्नताजकिय छलफल कार्यक्रममा सहभागिमहिलाहरुले आफुहरुले कुनै न कुनै ब्यवसायगर्दै आईरहेको बताए । 
संस्थाबाट सहयोग पाउदाँआफुलाईब्यवसायगर्न  सहयोग मीलेकोएकलमहिलाको समुहमा आबद्ध रहेकीदिपायल सिलगढी नगरपालिका वडा नम्बर ३कीकलापती देबीदमाईले बताईन् । उनले भनीन मैले ३ वटा बंगुर किनेर बंगुरपालन सुरुगरेको छु आगामीदिनमा बढाउदै लैजाने बताईन् । उनीमात्रहोइनन् अनुदानपाएका सबैले कुनैन कुनै ब्यववायगरिरहेका छन् । संस्थाबाट पाएको पैसाले २ वटा ब्याउने बाख्रापालन गरीरहेको पुर्विचौकीगाउँपालिका २ कीधौली देबी ठकुल्लाले बताईन् । 
उनीमात्रहोईनन् कार्यक्रममा सहभागिपुर्विचौकीगाउँपालिका वडा नम्बर ३ की देबी खड्काले संस्थाबाट अनुदानपाएको पैसाले आफुले ब्यवसायीक रुपमा तरकारी खेती गरी हाल सम्म करीब २५ हजार भन्दा बढीको बिक्रीगरीसकेको समेत बताईन् । उनले आगामीदिनमानिरन्तरतादिने समेत बताईन् । आफुले पाएको अनुदानबाट क्यान्टीन चलाउदै आएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ कीधौली देबी कठायतले बताइन् । उनले क्यान्टीनबाट राम्रै आम्दानीभईरहेको समेत बताईन् । 
संस्थाबाट नगदअनुदानपाएकाजनप्रतिनीधीहरु र एकलमहिलाहरुले विभिन्नब्यवसायगर्दै आईरहेका छन् कसैले बाख्रापालन, कसैले कुखुरापालन, कसैले बंगुरपालन, तरकारी खेती, कसैले भैसीपालन र कसैले कीरानाब्यापार गरेको देखिन्छ । 
तिनमहिनापहीले डोटीको दिपायल सिलगढी नगरपालिका र पुर्विचौकीगाउँपालिकाकी  २० जनाजनप्रतिनीधीमहिलालाई रु ३० हजारका दरले र २९जनाएकलमहिलालाई रु २० हजारका दरले अनुदान सहयोग गरेको मानबअधिकारको लागिमहिलाएकलमहिला समुह डोटीले जनाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा