बैतडीमा टिप्पर दुर्घटना: मुत्यु भएका ३ र घाइते ४ जनाको परिचय खुल्यो

 टिप्पर दुर्घटना भएको स्थल
टिप्पर दुर्घटना भएको स्थल
February 21, 5:55

बैतडी,९ फागुन/ बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीन जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्याल्य बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार टिप्पर दुर्घटना हुँदा दुई विद्यार्थी र एक अन्य गरी तीन जनाको मृत्यु भएको हो। पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। 

उनका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। १२ वर्षीय राजेश पन्त, १२ वर्षकै सुनिल भट्ट, १२ वर्षकै अमित बिष्ट र १३ वर्षीय सुदिप पन्त घाइते भएका छन्। घाइते एकजनाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक खड्काले  बताए। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको हो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा