कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला

फाईल तस्बिर
फाईल तस्बिर
February 23, 4:49

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया गाउँ पसेको जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

शनिबार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएपछि प्राकृतिक वासस्थान लालझाडी बन क्षेत्रमा फर्काउन बन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय नागरिकहरूले उक्त दिनभर प्रयास गरेपनि उखु खेत भित्र पसेको जङ्गली हात्ती बुधबार दिउँसो मृत अवस्थामा फेला परेको हो ।

जङ्गली हात्ती सोही क्षेत्रमा मृत अवस्थामा फेला परेपछि बन कर्मचारी र नेपाल प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १० वर्ष उमेरको उक्त जङ्गली हात्ती बिरामी रहेको हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा