‘योगदान राष्ट्रको लागि डोटी’ ले चैत्र २ गतेदेखि महोत्सव लगाउने

दिपायलमा महोत्सव सञ्चालन हुने
दिपायलमा महोत्सव सञ्चालन हुने
March 07, 9:15

कृष्ण मलासी 

फागुन २३ – 

योगदान राष्ट्रका लागि डोटीको आयोजनामा चैत्र २ गते देखी १२ गतेसम्म दिपायलमा महोत्सव सञ्चालन हुने भएको छ । “युग युग सम्म देखियोस् पल्टाउँदा इतिहासको पान, डोटीको कला संस्कृतिको संरक्षण गर्ने हाम्रो चाहाना” भन्ने मूल नाराका साथ योगदान राष्ट्रका लागि डोटीले डोटी सांस्कृतिक मेला महोत्सव २०७८ को आयोजना गरेको हो । 

सोमबार सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको बताएको छ । महोत्सवमा करिब ३० लाख रुपैयाँ लगानी गर्ने र ५० लाख आम्दानी गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ र सेती नदीमा र्याफ्टीङ्ग गर्न सकिने अध्यक्ष दीपक खातिले बताएका छन् । कम्तीमा ५० भन्दा बढी स्टलहरू महोत्सव स्थलमा राखिने  बताइएका छन् ।

 

कलाकारहरू महानायक राजेश हमाल, गायक पशुपति शर्मा, प्रकाश सपुत, नन्द कृष्ण जोशी, भुवन दाहाल, चक्र बम, गायिका ज्योति मगर, रेखा जोशी लगायतका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने सल्लाहकार तेज डुम्रेल ले बताएका छन् । महोत्सवमा अझै बढी स्थानीय कलाकार लाई स्थान दिने आयोजकले बताएको छ । स्थानीय परिकारको स्वाद पनि महोत्सवमा लिन पाइने योगदान राष्ट्रका लागि डोटीका सदस्य तथा कलाकार गणेश साउद जिसीले बताएका छन् । महोत्सव अवलोकन गर्न जाने प्रत्येक व्यक्तिले एक सय को टिकेट काट्नुपर्ने छ ।

विश्व महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण विगत केही समय देखी डोटीमा धेरैको उपस्थिति हुने किसिमका मेला महोत्सव सञ्चालन हुन सकेका थिएनन् । यो वर्ष महोत्सव लाग्ने भएपछि डोटी बासी सबै खुसी भएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा