भुवन केसी काठमाडौंको मेयरमा उठ्ने

April 06, 10:35

काठमाडौँ २३  चैत्र/ अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिए । काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरिएको अध्यक्ष नेपालले बताए । केसीलाई पार्टीको परराष्ट्र विभागसमेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ । नेकपा एमालेनिकट रहेका केसी पछिल्लो समय राप्रपा प्रवेश गर्ने हल्ला चलेको थियो ।

त्यस्तै उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको उमपेयरमा रेश्मा लामालाई उठाउने भएको छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा हुर्के बढेकी लामा स्नातक उत्तीर्ण र वैदेशिक रोजगारीबाट फर्किएको अध्यक्ष नेपालले जनाएका छन् ।

आउँदो वैशाख ३० गते तोकिएको स्थानीय तहको चुनावका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसअघि र्‍यापर बालेन शाहले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा