आदर्शको अध्यक्षमा खड्काको उम्मेदवारी हुने 

April 06, 2:38

डोटी,२३ चैत्र / आशन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदैँ गर्दा गाउँगाउँमा अहिले चुनावी चटारो सुरु भएको छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । 
यसकारण दलहरू यतिबेला मतदाता रिझाउनेदेखि आफ्ना उम्मेदवारहरू तय गर्न दौडधुप गरिहेका छन । यसले गाउँमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तहहरूमा नेतृत्व लिन ठूला दलहरूमा आकांक्षीहरूबीचमा रस्साकस्सी पनि व्यापक छ । 

यस्तोमा डोटीको आदर्श गाउँपालिकामा पनि प्रमुख दलहरू बिषेशगरी नेपाली कांग्रेस र नेकपा एमालेभित्र उम्मेदवार बन्न चाहनेहरूबीचमा ठूलै रस्साकस्सी छ ।  कांग्रेसभित्र झण्डैं आधा दर्जन गाउँपलिका अध्यक्षका आकांक्षी देखिएका छन् । ती आकांक्षीमध्येको एक नाम हो–गोविन्द खड्का । 
खड्का नेपाल विद्यार्थी संघको झण्डैँ दुई दशक लामो राजनीतिबाट आएका युवा नेता हुन् । विद्यार्थी र पार्टी राजनीतिमा अनवरत त्याग र बलिदानका तमाम उदाहरण दिएका खड्का यतिबेला गाउँपालिका अध्यक्षका आकांक्षी छन् । 

उनको आकांक्षा मात्र छैन, भड्किलो र अनुशासनहीन राजनीतिबाट आजित भएका स्थानीय कार्यकर्ता र जनताले समेत उनको उम्मेदवारीलाई आशाको नजरले हेरिरहेका छन् । गाउँपालिकाले उनको नेतृत्व पाउँदा भड्किलो र अनुशासनहिन राजनीति निरुत्साहित हुने र युवा पङ्तीमा त्याग, तपस्या, बलिदान, निरन्तर संघर्षको पक्षमा माहोल बन्दै भविष्यमा राजनीतिमा नै शुद्धता आउने अपेक्षा गरिएको छ ।

खड्का स्वयम् आफैपनि राजनीतिलाई आदर्श भावबाट प्रेरित गर्नुपर्ने मत राख्छन् । ‘हुन त म आफै युवाको प्रतिधिनि पात्र हुँ । तर, युवाको राजनीतिमा त्याग, तपस्या, बलिदान भन्दापनि अनुशासनहीनता बढी देखिन्छ,’ उनी भन्छन्,‘त्यसकारण युवाहरूमा देखिएको यही संस्कारगत समस्याले समाजमा परेको असरलाई सुधार गर्न पनि मेरो उम्मेदवारी हो ।’

पार्टीले मूल्यांकन गरेर टिकट दिए पार्टीको साख उचो पार्दै आदर्श राजनीति स्थापित गरेर आदर्श गाउँपालिकामा नमूना काम गर्ने उनले अठोट गरे । ‘मलाई पार्टीले टिकट दिए म पार्टीको शीर निहुरिने काम गर्नेछैन् । र जनताको विश्वास जितेर अघि बढ्नेछु,’ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा