घरदैलो कार्यक्रम पछि उपाध्यायको दाबी : पूर्वीचौकीमा सहजै चुनाव जित्छौं

May 09, 7:17

डोटी– नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेदवार राम प्रसाद उपाध्यायले पूर्वीचौकी गाउँपालिकामा सहजै चुनाव जित्ने दाबी गरेका छन् । घरदैलो अभियान सकेपछि उनले गाउँपालिकाका सबै वडा र पालिकामा कांग्रेसले चुनाव जित्ने निश्चित भएको बताएका हुन् ।

‘विगतमा पूर्वीचौकी गाउँपालिकामा भएको भृष्टाचार, अनियमितता र स्थानीय सरकारको ज्यादतीका कारण जनताहरु कम्युनिष्टसँग उसै पनि रुष्ट छन्,‘उपाध्यायले भने,‘यस पटक जनताले कांग्रेसलाई ठुलो भरोसा र रुखमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’ आफुले निर्वाचन जिते पछि यहाँका जनताको भरोसा र मतको कदर गर्दै पालिका सरकार यस्तो हुनुपर्छ भन्ने आभास दिलाउने कांग्रेस उमेदवार उपाध्यायले बताए ।

उमेदवार उपाध्याय कांग्रेसका कर्मठ, इमान्दार र लगनशील नेताका रुपमा छवी बनाएका नेता हुन् ।

यस अघिको स्थानीय तहको निर्वाचनमा झिनो मतले पछाडी परेका उपाध्याय यस वर्ष बहुमत सहित चुनाव जित्नेमा ढुक्छ छन् । अगिल्लो निर्वाचनमा कांग्रेसले ७ वटा वडा मध्य ४ वडा हात पारेको थियो भने एमालेले तीन वडा जितेको थियो ।

यस अघिको निर्वाचनमा कांग्रेसबाट अध्यक्ष पदका लागि उपाध्याय र उपाध्यक्षका लागि माया कुवँर उमेदवार थिए । एमालेका उमेदवार दिर्घराज बोगटी ४७ मत र उपाध्यक्ष निर्मला साउद ५९ मतको अग्रताले विजय भएका थिए ।

अघिल्लो निर्वाचनमा कांग्रेस भित्रको आपसी मतभेदका कारण निर्वाचनमा पराजय भोग्नु परेपनि यस वर्ष एक ढिक्का भएर निर्वाचनमा होमिएको पूर्वीचौकी कांग्रेसले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा