कलावती बनिन गोदावरीको पहिलो महिला वडाध्यक्ष

May 18, 1:45

धनगढी ४ जेठ – कैलालीको गोदावरी नगरपालिकाले पहिलो पटक वडाको नेतृत्वमा महिला पाएको छ । बुधबार सम्पन्न मतगणना अनुसार वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपा एमालेबाट कलावती साउँद वडाध्यक्षमा निर्वाचित भएकी हुन ।

संघियता पछि बनेको स्थानीय सरकाको दोस्रो चुनाव मार्फत पहिलो पटक महिलाले वडाको नेतृत्व गर्ने अवसर पाएका छन ।  उक्त वडामा नेपाली कांग्रेसले पनि महिलालाई नै वडा अध्यक्षको उम्मेदवार बनाएको थियो ।

साउँदले कांग्रेसकी वडा अध्यक्षकी उम्मेदवार जानकी देवी पाठकलाई ३२० मतान्तरले पराजित गरेकी छिन । साउँद ९२६ मत पाएर विजयी भएकी हुन भने पाठकले ६०९ मत पाएकी छन । वडामा एमाले पुरै प्यानल सहित विजयी भएको छ ।

वडामा नेकपा माओवादी केन्द्रका सुसी राम चौधरीले २४९ मत र स्वतन्त्र उम्मेदवार खड्क बहादुर सार्कीले ५१ मत पाएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा