काँग्रेस नेता रावतको वडामा काँग्रेसको प्यानललाई लोकप्रिय मत, तीन गुणा बढीको सानदार जीत 

टेकबहादुर कुँवरको पुरै प्यानल तेब्बर मतले विजयी
टेकबहादुर कुँवरको पुरै प्यानल तेब्बर मतले विजयी
May 19, 9:02

धनगढी, ५ जेठ - कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवारले लोकप्रिय मतका साथ विजय हासिल गरेका छन् । काँग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका सुरत रावत (डोटेली कान्छा) को वडामा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा टेकबहादुर कुँवरको पुरै प्यानल तेब्बर मतले विजयी भएको हो ।

वडामा कुल खसेको २ हजार ५ सय ६८ मत मध्य २ हजार ४ सय ७३ सदर मतमा नेपाली काङ्ग्रेसका  वडा अध्यक्षका उम्मेदवार टेकबहादुर कुँवरले १ हजार २ सय ६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम बहादुर शाहीले ४ सय ६६ मत प्राप्त मात्रै प्राप्त गरे । नेकपा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्तोष आउजीको ३ सय ६७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महेश जोशीले ६५ मत प्राप्त गरे । स्वतन्त्रका उम्मेदवार पुरन सिंह कडायतले ५७ मत प्राप्त गरे । 

त्यस्तै महिला सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट गीता चौधरी १ हजार १ सय ३९ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट माया कठायतले ५ सय ६२, नेकपा माओवादीका तर्फबाट प्रदेशनी चौधरीले ३ सय ३६ प्राप्त गरिन् । दलित महिला सदस्यमा काँग्रेसका तर्फबाट उम्मेदवार बाटुदेवी बि.क. १ हजार १ सय ६१ मतले विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट बिन्द्रा सुनारले ४ सय ९५, नेकपा माओवादी र समाजवादी गठबन्धनका तर्फबाट दलित महिला सदस्य मन्सरा भुलले २ सय १६ प्राप्त गरिन् । त्यस्तै खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर बोगटीले १ हजार २० प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण खडकाले ५ सय ६८, नेकपा माओवादी र समाजवादीका भानबहादुर साउँदले  २ सय २२ प्राप्त गरे । 

खुल्ला वडा सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट सियाराम चौधरीले १ हजार १ सय ३४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसीराम चौधरी ४ सय ३१ र नेकपा माओवादीका धर्मराज जोशीले १ सय ५८ मत प्राप्त गरे ।

No description available.

गौरीगंगा नगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका देवीदत्त कँडेल १ हजार ६० मतले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका पदम सिंह सिङालले ६ सय ७७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवास कुँवरले २ सय ९८ मत प्राप्त गरे । त्यस्तै उप–प्रमुखका पदमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भोजबहादुर बमले १ हजार १ सय ९५ मत प्राप्त गरी विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट शान्ति सिंह ५ सय २९ प्राप्त गरिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कमला बोहराले ५९ मत प्राप्त गरिन् । 

No description available.

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा