दिसिनपा–२ का वडाध्यक्षको पहिलो निर्णय : एम्बुलेन्स खरिद र सहज स्वास्थ्य सेवा

May 24, 4:50

धनगढी १० जेठ / दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले सोमवार पदभार गृहण गरेका छन् । सोमबार नवनिर्वाचित मेयर, उपमेयरको उपस्थितिमा खड्काले पदभार गृहण गरेका हुन् ।

वडा कार्यालयमा आयोजित नव निर्वाचित जनप्रतिनिधिहरुको पदभार गृहण तथा निवर्तमानको बिदाइ कार्यक्रममा बोल्दै नव निर्वाचित वडाध्यक्ष राजेन्द्र खड्काले सहज स्वास्थ्य सेवालाई प्राथमिकता दिने निर्णय गरेका हुन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित खड्का हाल स्वतन्त्र उमेदवारी दिदै विजयी भएका हुन् ।

खड्काले नगरपालिकासँगको समन्वयमा एम्बुलेन्स खरिद गरेर सुत्केरी महिलालाई नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र जिल्ला बाहिर लग्नु परेमा २० प्रतिसत सम्म छुट दिने व्यवस्था गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाको विकट ठाउँ वडा नं. २ का बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने पहिलो लक्ष रहेको बताए ।

दिपायल सिलगढी नगरपालिकाका नव निर्वाचित नगर प्रमुख विजय खड्काले वडा नं. २ मा स्वास्थ्य चौकी निर्माण देखि सडक मर्मत सम्भारमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख खड्काले पनि नगरभित्रका सुत्केरी महिलाहरुलाई नगरक्षेत्र भित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पहिलो निर्णय गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा