राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो सुदूरपश्चिम अधिवेशन पुस २२ र २३ गते

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो सुदूरपश्चिम अधिवेशन पुस २२ र २३ गते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो सुदूरपश्चिम अधिवेशन पुस २२ र २३ गते
December 10, 3:41

कैलाली - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने भएको छ । अधिवेशनको तयारीका लागि प्रतिष्ठानका अध्यक्ष पदम बहादुर धामीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न उप–समिति गठन गरेको छ । 

धामीको अध्यक्षतामा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उक्त समितिको सदस्य सचिवमा सूर्य व. साउद र सदस्यहरूमा जीवन थापा, दीर्घराज फुलारा, युवराज जोशी, भीम विष्ट, लोकेन्द्र प्रसाद खनाल। नवीन साउद र पूर्ण भाट रहेका छन् । त्यस्तै युवराज जोशीको संयोजकत्वमा गठन गरिएको आर्थिक उपसमितिको सदस्यमा धनबहादुर वि.क., पीताम्बर ओली, लालबहादुर धामी र निर्मला बोगटी रहेका छन् । प्रचार प्रसार उपसमितिको संयोजक जिम्मा सूर्य बहादुर साउद लाई दिएको छ भने उक्त समितिको सदस्यमा झलक पाली, भोजराज भाट र प्रेम विवश चन्द रहेका छन् । 

त्यस्तै सांस्कृतिक उपसमितिमा भीम विष्ट, अतिथि सत्कारमा पदम बहादुर धामी, मञ्च व्यवस्थापन समितिमा जीवन थापा, प्रशासनिक उपसमितिमा लोक प्रसाद खनाल भोजन तथा आवासमा दीर्घराज फुलारा, स्वयंसेवकमा नवीन साउद र समन्वय तथा यातायात उपसमितिमा पूर्ण प्रसाद भाट लाई संयोजक जिम्मेवारी दिइएको छ । 

उक्त बैठकले प्रतिष्ठानका सल्लाहकार सुरत रावत डोटेली कान्छा संयोजक रहने गरी मूल्याङ्कन समिति पनि गठन गरेको छ । मूल्याङ्कन समितिको सदस्यमा पदमबहादुर धामी र हर्क घर्ती मगर सदस्य रहेका छन् ।  

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा