नेपाल शिक्षक सङ्घ कैलालीको अध्यक्षमा तेजबहादुर सिंह 

नेपाल शिक्षक सङ्घ कैलालीको अध्यक्षमा तेजबहादुर सिंह 
नेपाल शिक्षक सङ्घ कैलालीको अध्यक्षमा तेजबहादुर सिंह 
February 26, 9:07

धनगढी - नेपाल शिक्षक सङ्घ कैलालीको ९ औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै धनगढीमा सम्पन्न भएको छ । शारदा माविका प्राचार्य तेजबहादुर सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । दुई दिनसम्म धनगढीमा भएको ९ औँ महाअधिवेशनबाट उपाध्यक्ष महिलामा सरस्वती बम सिंह, उपाध्यक्षमा गजेन्द्रबहादुर शाही, सचिवमा हरिसकुमार ओझा, सचिव अर्थमा देवराज जोशी, सहसचिवमा बमबहादुर क्षेत्री, सहसचिव महिलामा गौरी शाह, सहसचिव अर्थ महिलामा दिपा बुढा, सहसचिव समावेशीमा खड्गबहादुर तिवारी, सहसचिव समावेशीमा वसन्तकुमार महतो चयन भएका छन् । 

सङ्घको जिल्ला कार्य समिति महिला सदस्यमा निर्मला जोशी, ललिताकुमारी बम, भगवती बडैला तथा खुल्ला सदस्यहरूमा नेत्रराज तिमिल्सैना, जयराज जैसी, मदनप्रसाद पौडेल, मानबहादुर खड्का निर्वाचित भएका छन् । 

अधिवेशनले १२ जना प्रदेश अधिवेशन प्रतिनिधि र १० जना सङ्घीय महाअधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा खुल्ला तर्फ रघु उपाध्याय, सिद्धराज जैसी, भोजराज शर्मा, पदमराज जोशी, तीर्थराज फुलारा, मोहनदेव मिश्र, गणेशप्रसाद दाहाल, खेमराज बोगटी तथा प्रदेश प्रतिनिधि महिला तर्फ निर्मला चौधरी, जानकी शर्मा, लक्ष्मी ओझा, चन्दकला दवाडी चयन भएका छन् । त्यसै गरी सङ्घीय महाअधिवेशन प्रतिनिधि महिला तर्फ लक्ष्मी रावल, कल्पना पाठक, डम्मरा मल्ल तथा सङ्घीय महाअधिवेशन प्रतिनिधि खुला तर्फ गणेश ओझा, कर्ण कुँवर, भूपाल सिंह खड्का, रामप्रसाद फुलारा, जयप्रकाश मिश्र, ज्ञानेन्द्रबहादुर शाह र सीताराम अवस्थी चयन भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्य समितिलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना आदान प्रदान समेत गरिएको छ । 

नेपाल शिक्षक सङ्घ कैलालीको नवनिर्वाचित अध्यक्ष तेजबहादुर सिंहले सबै शिक्षकहरूलाई एकजुट बनाएर शिक्षक तथा शैक्षिक क्षेत्रको सुधारका लागि कटिबद्ध भएर जाने बताए । उनले सङ्घमा आबद्ध शिक्षकहरूको पेसागत सुरक्षाका लागि पनि सधैँ अग्रसर भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा