धनगढीमा असोज २७ गतेदेखि दशैँ मेला हुने

August 22, 2:46

धनगढी,०५ भदौ ।  धनगढीमा  दशैँ मेला हुने भएको छ।  हिन्दुहरुको महान पर्व दशैँलाई लक्षित गर्दै कैलालीको धनगढीमा दशैँ मेला २०८० हुने भएको हो। आइ लाइभको आयोजनामा असोज २७ गतेदेखि कार्तिक ४ गतेसम्म मेला सञ्चालन गरिने भएको हो। 

साङ्गतिक क्षेत्रको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिन लागेको आइ लाइभका सदस्य धिरविक्रम सिंहले बताए। पर्यटन तथा संस्कृतिक प्रवद्र्धन, स्थानिय व्यापार प्रवद्र्धन, छिटो छरितो किनमेल केन्द्र, मनोरञ्जन केन्द्र, विभिन्न पुस्ता, भेषभूष र समुदायको मिलन तथा संस्कृति आदान प्रदान, आर्थिक क्षेत्रमा तरंग, स्थानिय व्यापार, फर्म, कृषि, उद्यमी, साना हस्तकला तथा महिला उद्यमीलाई स्टलमा छुट तथा मनोरञ्जन प्रदान गर्ने लगायतको मेलाका विशेषता रहेका छन्।

आठ दिनसम्म चल्ने मेलाका लागि ट्राभेल रेन व्याण्ड, कलाकार शिल्पा मास्के, गायक नविन के भट्टराई, चक्र बम लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रदर्शन रहने छ। सुदूरपश्चिम महोत्सव भएको स्थानमा गरिन लागेको मेलामा व्यापारिक फर्म, किसान, उद्योगीहरुलाई स्टल राख्नका लागि बुकिङ खुल्ला गरिने उनले बताए । मेलामा तीन सय बढी स्टल रहने अनुमान रहेको उनको भनाई छ।

मेला अवलोकन गर्न जाने प्रति व्यक्तिलाई एक सय रुपैयाँ प्रवेश शूल्क लाग्ने छ। मेला अवधिभर झण्डै एक करोड ३२ लाख बराबरको खर्च रहने अनुमान आयोजकको रहेको छ।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

शीर्षक फेर्ने सहमतिमा टुङ्गियो ‘एक भगवत् गीता’ विवाद
काठमाडौँ । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ ।… विस्तृतमा
एक लाख २५ हजार राशीको हिमाल डेन्टल अस्पताल 'देउडा रत्न…
काठमाडौं,०६ भदौ ।  हिमाल डेन्टल अस्पतालले प्रदान गर्ने 'देउडा रत्न'बाट यस वर्ष गायक महेश औजी… विस्तृतमा
डडेल्धुरामा गौरा पर्व सुरु
डडेल्धुरा । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सोमबारबाट पाँच प्रकारको अन्न तथा गेडागुडी… विस्तृतमा
जानकी गाउँपालिका सांस्कृतिक महासंघ अधिबेशन सम्पन्न, अध्यक्षमा…
नेपाल सांस्कृतिक महासङ्घ जानकी गाउँपालिकाको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ ।  नेपाली… विस्तृतमा