८ मिनेटको फाइट सिनमा ७० करोड खर्च ! (भिडियो सहित)

Prabhasha - sahoo
Prabhasha - sahoo
July 17, 11:28

एजेन्सी, मुम्बई, साउन १ - 

'बाहुबली' सिरिजबाट आफ्नो लोकप्रियतालाई चुलीमा लगेका प्रभास स्टारर नयाँ सिनेमा 'साहो' रिलिजको क्रममा रहेको छ।

'बाहुबली' जस्तो भब्य सिनेमामा काम गरेका प्रभासको 'साहो' घोषणा भएदेखि नै चर्चामा छ। बाहुबलीजस्तै बिग बजेटको सिनेमाको हालै रिलिज भएको टिजरले सिनेमा हलिउड शैलीमा बनाइएको देखाएको छ।

यस्तैमा सिनेमाको ८ मिनेट लामो फाइटको दृश्यका लागि खर्च भएको रकम सुन्दा सिनेमाले 'बाहुबली'बाट प्राप्त चर्चालाई थप गर्ने देखाएको छ।

समाचारमा अनुसार ८ मिनेटको सो दृश्य खिच्न लगभग बलिउडको एउटा हाइबजेट सिनेमा बनाउन लाग्ने पैसा खर्च गरिएको छ। सो दृश्य खिच्न ७० करोड भारू खर्च भएको दाबी छ।

भारतीय मिडियाहरूले सिनेमाका सिनेम्याटोग्राफरको हवाला दिदैं उक्त समाचार लेखेका हुन्। आबुधावीमा खिचिएको सो एक्सन दृश्यका लागि ७० करोड भारू खर्च भएको छ।

यस सिनेमाको एक्सन सम्पूर्णरूपमा हलिउडको एक्सन समूहले कोरियोग्राफ गरेको हो।

कुनै पनि भारतीय सिनेमाको एक्सनका लागि खर्च गरिएको यो रकम आजसम्मकै ठूलो धनराशी हो।

प्रभासको साथमा श्रद्धा कपुर, चंकी पाण्डे, महेश मांजेकर, अरूण विजय तथा मुरली शर्मा आदिको मूख्य भूमिका रहेको सिनेमा १५ अगस्टमा रिलिज हुँदैछ।

सुजिथको निर्देशनमा बनेको सिनेमा बनाउन कुल ३०० करोड भारू रकम खर्च भएको बताइन्छ। सिनेमा हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुनेछ। यो सिनेमा एकैसाथ यी ३ भाषामा खिचिएको हो।

'बाहुबली' पछि प्रभास अभिनित पहिलो सिनेमा भएकाले पनि दर्शकहरूका लागि यो सिनेमा विशेष प्रतिक्षित सिनेमा बनेको छ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा