कञ्चनपुरमा अटो दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु

September 06, 12:06

कञ्चनपुर,२० भदौ । कञ्चनपुरमा अटो दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित टाउन बजारमा सु.प.प्र.०१००१ ह ४०१६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाँउकी ८६ वर्षीया छलीदेवी थापाको मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सोही नगरपालिका वडा नम्बर–८ ख गाउँका ३२ वर्षीय अटो चालक केशव ओझा र अटोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा