नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, झन्डा आधा झुकाउने 

September 12, 1:04

काठमाण्डौं,२६ भदौ । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।

नेकपा एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो। 

बैठक नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो। पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्यासित निधनमा दुस्ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएकोबताए

उनले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको बताए। 

उनले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए। 

एमालेले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय पनि गेको छ। त्यस्तै असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभा आयोजना गर्ने निर्णय पनि भएको छ। 
 

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

विषगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक
धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक… विस्तृतमा
कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्… विस्तृतमा
राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला जाँदै रामचन्द्र पौडेल
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल… विस्तृतमा
बझाङमा बिभिन्न पार्टी परित्याग गरी ६ दर्जन बढी कार्यकर्ता…
धनगढी । बझाङमा बिभिन्न पार्टी परित्याग गरी ६८ जनाले नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन । … विस्तृतमा