पुलबाट हाम फाली बेपत्ता भएका पुरुषको पहिचान खुल्यो

September 14, 4:46

दार्चुला,२८ भदाै । महाकाली नदीको पुलबाट हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान खुलेको छ ।
बिहिवार बिहान ८ बजेतिर नेपाल(भारत जोड्ने झोलुंगे पुलबाट महाकाली नगरपालिका(१ लास्कुका अन्दाजी ४५ वर्षीय ज्ञानीराम भूल (कालु) ले हाम फालेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नेपालबाट भारतीय बजार धारचुला गइरहेका भूललाई भारतपट्टि एसएसबीले परिचयपत्र देखाउन भनेकोमा उनी संग परिचयपत्र नहुदा फिर्ता पठाउदा झोलुङ्गे पुलको बीच भागबाट नदीमा हाम फालेको बताइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । बेपत्ता भूलको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा